Pura Samachar

बर्दियामा डुबेर दुई जना बालकको मृत्यु

प्रकाशित: August 20, 2022
पूरा समाचार

बर्दियामा डुबेर दुई जना बालकको मृत्यु

बर्दियामा डुबेर दुई जना बालकको मृत्यु भएको छ।

शुक्रबार अपराह्न नुहाउन खोलामा पसेका दुई जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।

बढैयाताल गाउँपालिका-४ स्थित मान खोलामा गएका १२ वर्षीय आयुष तिरूवा र १३ वर्षीय गौरव भुजेलको मृत्यु भएको हो। अपराह्न ४ बजेतिर खोलामा नुहाउन पसेका दुई बालक डुबेको भन्ने खबर पाएपछि प्रहरीले खोजी गरेको थियो।

खोज्दा उनीहरूको शव फेला परेको हो।  शवको पोष्टमर्टम गर्न जिल्ला अस्पताल पठाइएको छ।

प्रतिक्रिया