Pura Samachar

न्यायको माग गर्दै काठमाडौँमा विगत १७ दिनदेखि अनशनमा बसेकी निहारिकाले तोडिनअनशन

प्रकाशित: August 22, 2022
पूरा समाचार

न्यायको माग गर्दै काठमाडौँमा विगत १७ दिनदेखि  अनशनमा बसेकी निहारिकाले तोडिनअनशन

न्यायको माग गर्दै काठमाडौँमा विगत १७ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच तीन बुँदे सहमति भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै निहारिकाले अनशन तोडेकी हुन् । उनले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् ।सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रोहवरका रुपमा हस्ताक्षर गरेका छन् । राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने , डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्नेलगायत सहमति भएको छ ।

प्रतिक्रिया