
काठमाडौं । तीन खेलको एकदिवसीय शृंखलाको अन्तिम खेलमा भारतले जिम्बाब्वेलाई १३ रनले पराजित गर्दै शृंखला ३-० ले कब्जा गरेको छ। भारतले यसअघि वेस्ट इन्डिजको भ्रमणमा रहेको एकदिवसीय सिरिजमा पनि ३–० ले क्लिन स्वीप गरेको थियो । त्यहाँ कप्तान शिखर धवन थिए तर यहाँ केएल राहुलको कप्तानीमा भारतले पहिलो पटक एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको थियो। अब यसपछि भारतीय टोलीले एसिया कप २०२२ अगस्ट २८ मा पाकिस्तानसँग महान् खेल खेल्नेछ ।
यस खेलमा पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा २८९ रन बनाएको थियो । शुभमन गिलले १३० रनको उत्कृष्ट शतक बनाए । इशान किशनले पनि अर्धशतक बनाए । जवाफमा जिम्बाब्वेको टोली ४९.३ ओभरमा २७६ रनमा अलआउट भयो । जिम्बावेलाई जिताउन सिकन्दर रजाको ११५ रन पर्याप्त भएन । आवेश खानले ३, अक्षर पटेल, कुलदीप यादव र दीपक चाहरले २/२ विकेट लिए । यसबाहेक शार्दुल ठाकुरले एक विकेट लिए ।
यस खेलमा भारतका शुभमन गिलको करियरको पहिलो अन्तर्राष्ट्रिय शतक खेल्दै आठ विकेटमा २८९ रन बनाएको थियो । गिलले ९७ बलमा १५ चौका र एक छक्काको मद्दतमा १३० रन बनाए । उनले इशान किशन (६१ बलमा छ चौकासहित ५०) सँग तेस्रो विकेटका लागि १४० रनको साझेदारी गरे। यस सिरिजमा भारतले टस जितेर पहिलो पटक ब्याटिङ गर्ने निर्णय गरेको
प्रतिक्रिया