
काठमाडौं ७ भदौ । नेकपा एमालेको स्थायी कमिटिको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैंठकमा आगामी मंसिरमा हुने निर्वाचन केन्द्रित हुने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीबारे छलफल गर्न बसेको बैठक पछि एमालेले लगातार बैठक राखेको छ ।
पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएको जानकारी एमालेले यही
भदौ ९ गते पोलिट्ब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी र १२ गते निर्वाचन परिचालन कमिटी बस्ने तयारी गरेको छ ।
प्रतिक्रिया