
काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । सिट बाँडफाँटको मापदण्ड तयार गर्ने जिम्मेजारी पाएको कार्यदलको बैठक आज पनि बस्ने भएको हो ।
मंगलबार बसेको बैठकपछि जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने दाबी गरेका थिए ।
मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । मापदण्डमा तयार पार्न बैठक आज सााझ ५ बजे पुनः बस्नेछ ।
मंगलबारको बैठकमा शारीरिक अस्वस्थताका कारण कार्यदल संयोजक कृष्ण सिटौला अनुपस्थित थिए ।
विभिन्न मोडालिटीमा छलफल गरिरहेकाे कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा मापदण्ड तयार पार्ने कसरतमा छ ।
प्रतिक्रिया