Pura Samachar

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको आजको पेशी स्थगित

प्रकाशित: August 24, 2022
पूरा समाचार

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको आजको पेशी स्थगित

काठमाडौं – बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको आजको पेशी स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो ।

यसअघि भएको थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। त्यसपछि शाहले उच्च अदालतमा पुनरावलोकन रिट दर्ता गराए पनि आदेश आइसकेको छैन।

गत ११ फागुनमा नावालिकमाथि पटकपटक ज ब रज स्ती क र णी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पु र्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो ।

दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्दामा थुनामा रहेका शाह जेलमु क्त भएर मुद्दा लडने छन् वा थुनामा नै रहेर उक्त मुद्दा ल डने छन, त्यसको छिनोफानो अर्को साता हुनेछ ।

प्रतिक्रिया