Pura Samachar

यूएलबीको चुनावलाई लिएर बैठक संपन्न

प्रकाशित: August 24, 2022
पूरा समाचार

यूएलबीको चुनावलाई लिएर बैठक संपन्न

डा. हरिमोहन पोखरेल

कोहिमा /आगामी केही दिन पछाडि मणिपुरमा संपन्न हुन गई रहेको यूएलबी र डिस्ट्रिक्ट काउन्सिलकाउन्सिलको चुनावलाई लिएर मुख्यमन्त्री एन बिरेनले आज मुख्यमन्त्री सचिवालयमा एउटा सानो बैठक संपन्न गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी केही दिन पछाडि मणिपुरका पहाडी र मैदानी क्षेत्रमा यूएलबी, पंचायत र डिस्ट्रिक्ट काउन्सिलको चुनावको तैयारीको लागि पनि बैठक महत्वपूर्ण रहेको पनि सचिवालयबाट प्राप्त जानकारीले जनाएको छ ।
बैठक पश्चात मुख्यमन्त्रीले मीडियालाई संबोधन गर्दै भने कि धेरै लामो समय देखि राज्यका केही क्षेत्रमा पंचायतको चुनाव भएको छैन भने यूएलबी र डिस्ट्रिक्ट काउन्सिलको कुरा पनि बीचमा आई लागेको छ ।
उनले अगाडि थपे कि केन्द्रबाट दिएको दिशा निर्देश अनुसार हामीले समयमा नै उक्त चुनावहरू संपन्न गराइनुपर्ने छ ।
उनले अगाडि भने कि यसको लागि युद्धस्तरमा काम भइरहेको छ र सरकारले नया पहल पनि गर्ने प्रयासमा छ ।
स्मरण रहोस मणिपुरको केही क्षेत्रमा पंचायतको चुनाव भएको छैन ।आउने भविष्यमा अवश्य पनि संपन्न हुनेछ ।

प्रतिक्रिया