
काठमाडौं । पर्सा र डोटीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पर्साको ठोरी गाउँपालिका-४ सिकारी बाँस पुल नजिक सडकमा प्रदेश २-०३-०११ प १४८४ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका-२ बस्ने ४५ वर्षीय जगदिप विस्ट रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोटीको बोग्टान फुड्सिल गाउँपालिका-७ फुल्लेढुङ्गास्थित सडकमा सु.प.प्र.०१००२ त ४७७६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया