Pura Samachar

नेपाल समाजवादी पार्ट (नेसपा)ले निर्वाचन परिचालन समिति गठन

प्रकाशित: August 25, 2022
पूरा समाचार

नेपाल समाजवादी पार्ट (नेसपा)ले निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेपाल समाजवादी पार्ट (नेसपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।बिहीबार बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अध्यक्ष महिन्द्र राय यादवाको संयोकत्वमा सो समिति गठन गरहेको हो । सो समितिको सह–संयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठ रहेका छन् । साथै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुखहरु रहेका छन् ।बैठकले आगामी चार गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्ने जिम्मा अध्यक्ष डा. बाबुराम भट्टराईलाई दिइएको छ । घोषणापत्र लेखन समितिमा एमपी रिजाल, डा. जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेका छन् । बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ ।त्यस्तै, ९३ सदस्यीय राजनीतिक समिति पनि गठन गरेको अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले गोविन्दप्रसाद चौधरीलाई सहध्यक्षमा मनोनित गर्नुका साथै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया