
काठमाडौं । । देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षा हुने भएको छ । काठमाडौं उपत्यकामा आज बिहानैबाट पानी परिरहेको छ । काठमाडौंको मौसम आज दिनभर बदली हुने भएको छ ।
आज बिहान सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया