Pura Samachar

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई शुक्रवार पनि निरन्तरता दिने

प्रकाशित: August 26, 2022
पूरा समाचार

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई शुक्रवार पनि निरन्तरता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई शुक्रवार पनि निरन्तरता दिने भएको छ ।

मेयर बालेन्द्र शाह नेतृत्वको टोलीले आजका लागि पनि बिहीबार नै योजना बनाएर बसेको प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिनुभयो  ।

यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए ।

यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिनुभएको थियो ।

आज कहाँ जाने भन्नेबारे ९ बजे मात्रै यकिन हुने स्वकीय सचिव शाहले बताउनुभयो ।

काठमाडौंको बढ्दो ट्राफिक जाम र पार्किङको समस्या सुल्झाउन र महानगरको सौन्दर्यकरणका लागि समेत मेयर बालेनको पछिल्लो एक्सन प्रभावकारी हुने भन्दै आम नागरिकले प्रशंसा गरिरहेका छन् । तर व्यापारीहरु भने असन्तुष्ट छन् ।

प्रतिक्रिया