काठमाडौं, भदौ ११ इंग्लिस प्रिमियर लिग फुटबलमा सुरुआती दुवै खेल हारेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । आज शनिबार भएको सिजनको चौथो खेलमा युनाइटेडले साउथह्यापटनविरुद्ध ०–१ को संघर्षपूर्ण जित निकालेको हो । पाहुना टोली बनेर साउथह्यामपटनको घरमा उत्रिएको युनाइटेडले आज पनि नियमित कप्तान ह्यारी मागुइरे र क्रिस्टियानो रोनाल्डो दुवैलाई बेन्चमा राखेर सुरुआत गरेको थियो ।
घरेलु टोलीले कडा टक्कर दिएको खेलमा युनाइटेडलाई जिताउन १ मात्रै विजयी गोल खेलको ५५औं मिनेटमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरे । उनले खेलको ५५औं मिनेटमा कडा सटमा गरेको उत्कृष्ट गोल नै युनाइटेडलाई दोस्रो जित दिलाउन पर्याप्त बन्यो । युनाइटेडले सिर्जना गरेको उत्कृष्ट मुभमा फर्नान्डेजका लागि पोर्चुगलकै अर्का खेलाडी डिएगो डालोटले असिस्ट प्रदान गरेका थिए । क्रस पासमा अनमार्क रहेका फर्नान्डेजले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।
प्रतिक्रिया