Pura Samachar

दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत

प्रकाशित: August 28, 2022
पूरा समाचार

दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत

दाङ- दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्कबहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्‍ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया