Pura Samachar

कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालयको एक कर्मचारीले घुस लिएको अवस्थामा पक्राउ

प्रकाशित: August 28, 2022
पूरा समाचार

कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालयको एक कर्मचारीले घुस लिएको अवस्थामा पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालयको एक कर्मचारीले घुस लिएको अवस्थामा पक्राउ गरिएको छ।

सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस लिसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो।

उनले सेवाग्राहीसँग रु. ३ हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई पक्राउ गरेको थियो।

अहिले दुबै जनालाई यातायात व्यवस्था कार्यालय, सुर्खेतको परिसरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया