
अलराउन्डर हार्दिक पान्ड्याको सानदार प्रदर्शनमा भारतले टी २० एसिया कपमा पाकिस्तानमाथि ५ विकेटको जित निकालेको छ।
लागि १ सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको भारतले दुई बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो।
भारतका रविन्द्र जडेजाले २९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए।
हार्दिक पान्ड्या १७ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे। भारतलाई अन्तिम १२ बलमा २१ रन चाहिएको थियो।
पान्ड्याले तीन चौकासहित कुल १४ रन जोड्दै जित नजिक पुर्याएका थिए।
अन्तिम ६ बलमा जितका लागि ७ रन चाहिएको थियो। स्पिनर मोहम्मद नवाजले पहिलो बलमा रविन्द्र जडेजालाई बोल्ड आउट गरे। दोस्रो बलमा दीनेश कार्तिकले हार्दिकलाई स्ट्राइक दिए। तेस्रो बलमा नवाजले डट राखे। हार्दिक पान्ड्याले छक्का प्रहार गर्दै खेल जिताए।
यसअघि तीव्र गतिका बलरहरुको उत्कृष्ट प्रदर्शनका आधारमा भारतले पाकिस्तानलाई १९ दशमलव ५ ओभरमा १४७ रन मात्र बनाउन दिएको थियो।
भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए। अलराउन्डर हार्दिक पाण्ड्याले ३ र अर्शदीप सिंहले २ विकेट लिए। आवेश खानले १ विकेट लिए।
प्रतिक्रिया