Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: August 29, 2022
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाडाैं । आज सोमबार सुनको भाउ घटेको छ । हिजो आइतबार तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया