Pura Samachar

स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद

प्रकाशित: August 29, 2022
पूरा समाचार

स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद

बुटवल – रुपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त रकमको स्रोतको वैधता नदेखिएको बरामद गरेको बताएको हो ।

जिल्ला प्रहरी रुपन्देही प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले उक्त रकमको विषयमा अनुशन्धान भइरहेको बताए । उक्त रकम आइतबार राति बेलहिया बाइपासबाट बरामद भएको थियो । रुपन्देहीमा पछिल्लो समय यसरी रकम बरामद हुने क्रम बढेर गएको छ । केही समय पहिले प्रहरीले १२ लाख बरामद गरेको थियो ।

प्रतिक्रिया