
रौतहट । जिल्लाको गरुडा नगरपालिका–३ मलाही टोलमा तीजकै दिन चट्याङ लागेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते समेत भएका छन्।
मृत्यु हुनेमा ४९ वर्ष कि सुदमिया देवि,१८ वर्ष कि मनिशा कुमारी र १७ वर्षकी जगिया कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
मंगलबार बिहानै सुरु भएको अबिरल वर्षाका क्रममा करिब ८ बजे चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट घाइते भएकालाई गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया