Pura Samachar

अभिनेता पल शाहको मुद्धाको पेशी आज

प्रकाशित: August 30, 2022
पूरा समाचार

अभिनेता पल शाहको मुद्धाको पेशी आज

पोखरा । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।

नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमलामोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ । नवलपुर अदालतले भने २१ भदौका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ ।

गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन ।

प्रतिक्रिया