
काठमाडौं, भदौ १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी नयाँ सिजनको पाँचौं खेलमा पराजित भएको छ । गत राति भएको खेलमा साउथह्यामपटनले पाहुना टोलीलाई चेल्सीलाई २–१ ले स्तब्ध बनायो । यससँगै चेल्सीले यस सिजन सुरुआती ५ खेलमै दोस्रो हार भोगेको छ । यी ५ खेलमा चेल्सीले मात्रै २ खेल जित्दा २ खेल हारेर एक खेल बराबरी गरेको छ ।
पाहुना टोली बनेर साउथह्यामपटनको घरेलु मैदानमा पुगेको चेल्सीले खेलमा पहिला अग्रता बनाए पनि त्यसपछि घरेलु टोलीले उत्कृष्ट कमब्याक गरेर जित निकाल्न सफल भयो । चेल्सीका लागि २३औं मिनेटमा इंग्लिस फरवार्ड रहिम स्टर्लिङले गोल गरेर अग्रता दिलाएका थिए । तर, त्यसपछि साउथह्यामपटनले पहिलो हाफमै २ गोल गरेर खेलमा निकै चाँडो अग्रता बनायो । उसका लागि २८औं मिनेटमा रोमेयो जाभियाले गोल गरेर खेल १–१ बनाएका थिए ।
प्रतिक्रिया