Pura Samachar

चर्चित व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङले झण्डै ५ अर्ब बराबर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर हुने

प्रकाशित: September 1, 2022
पूरा समाचार

चर्चित व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङले झण्डै ५ अर्ब बराबर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा  मुद्दा दायर हुने

सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका चर्चित व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङले झण्डै ५ अर्ब बराबर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा ठगी तथा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध ४ अर्ब ७० करोड बिगो दाबी गरी बिहीवार विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

सिभिल सहकारीबाट ठगिएको भन्दै निक्षेपकर्ताहरूले उजुरी दिएपछि तामाङलाई पक्राउ गरिएको थियो ।

शुरूमा प्रहरीमा १३७ जना पीडितको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो

सीआईबीले तामाङलाई पक्राउ गरेपछि उजुरी दिने पीडितहरू थपिएर १४ सय ७१ जना पुगेका थिए ।

निक्षेपकर्ताले सहकारीमा जम्मा गरेको ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ हिनामिना गरेको आरोप तामाङमाथि छ ।

प्रतिक्रिया