Pura Samachar

मुख्यमंत्रीले गरे सङाई इथनिकको भ्रमण

प्रकाशित: September 1, 2022
पूरा समाचार

मुख्यमंत्रीले गरे सङाई इथनिकको भ्रमण

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुरमणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज मोइरांग खुनौ स्थित नवनिर्माणाधिन शङाई इथनिक पार्कको भ्रमण गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार बिरेनले नवनिर्माणाधिन स्थलको भ्रमण गर्दै शङाई संबंधित विभिन्न शोध र अनुसन्धान हुने गरि ठाउँ- ठाउँमा निर्माण गरिने भवनहरूको स्थानको पनि रेखदेख गर्दै ठेकेदारलाई दिशा निर्देश दिए ।
उनले मीडियालाई बताए कि भविष्यमा शङाईलाई लिएर विश्वभरि नै शोध र अनुसन्धान हुनेछ ।त्यसको लागि हामीले यथेष्ट मात्रामा सामाग्री र स्थानहरू समेत सृजना गर्नुपर्ने छ ।
उनले अगाडि भने कि मणिपुरको इतिहासमा शङाई एउटा अविस्मरणीय पाइला हुनेछ ।
उनले अगाडि थपे कि आउदो शङाई महोत्सवमा महामहिम राष्ट्रपति द्रौपदी मुर्मूलाई आमंत्रित गरिने छ ।जसको लागि हामीले युद्धस्तरमा निर्माण कार्य गरिनुपर्ने छ ।
आजको यस भ्रमणमा सरकारी र गैरसरकारी अधिकारीहरू समेत रहेका थिए ।
स्मरण रहोस् शङाई एक प्रकारको सानो हरिनको प्रजाति हो ।जो केवल मणिपुरमा मात्र पाइन्छ ।

प्रतिक्रिया