Pura Samachar

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढायाे

प्रकाशित: September 2, 2022
पूरा समाचार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढायाे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले आजदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार  भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची आजदेखि लागू हुनेछ ।

नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।

 

 

प्रतिक्रिया