Pura Samachar

चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने

प्रकाशित: September 2, 2022
पूरा समाचार

चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने

काठमाडौं । चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ ।काठमाडौं उपत्यकामा चार ठाउँहरु रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदि कम्पनीको वेबसाइट–अनलाइनबाट अर्डर गरेमा सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधा समेत रहेको बताइएको छ ।

प्रतिक्रिया