Pura Samachar

मुख्यमंत्रीले लोक कलाकारलाई सम्मान गरे

प्रकाशित: September 2, 2022
पूरा समाचार

मुख्यमंत्रीले लोक कलाकारलाई सम्मान गरे

डा. हरिमोहन पोखरेल
कोहिमा/ मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज आफ्नो कार्यालयमा मणिपुरी लोक कलाकार मङखा मयाङलाङबम र उनको टिमलाई बोलाएर सम्मान गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले माङखा र उनको टिमलाई मणिपुरीमा लोकगीत प्रति चासो बढाउन उनको टिमले गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरे ।
उनले अगाडि भने कि सरकारले लोकगीतको क्षेत्रमा भविष्यमा विभिन्न पाइलाहरू चालिने कुरा पनि विश्वस्त पारे ।
स्मरण रहोस मणिपुरी भाषामा पनि लोकगीत गाइने चलन अति नै प्राचीन हो ।जसलाई सरकारले जगेडा गर्न खोज्नु एउटा ऐतिहासिक पहल हो ।

प्रतिक्रिया