Pura Samachar

नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्दै

प्रकाशित: September 3, 2022
पूरा समाचार

नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपालले केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको थियो । नेपालले तीन एकदिवसिय अभ्यास खेलमा १–० को अग्रता लिएको छ । नेपालले पहिलो खेलमा १ सय १० रनको शतकीय इनिङ खेलेका ओपनर आसिफ शेखलाई विश्राम दिएको छ । आसिफको स्थानमा देव खनालले मौका पाएका छन् । टोलीमा अन्य परिवर्तन भने छैन ।

पहिलो खेलमा जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । आसिफ शेखले १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । नेपाल आसिफबाट त्यस्तै सानदार प्रदर्शन चाहन्छ ।

अर्जुन साउद र आसिफ शेखले पहिलो विकेटका लागि ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । तल्लोक्रममा पवन सरार्फ, बसिर अहमद, आदिल अन्सारी, करण केसी र सोमपाल कामी हुनेछन् ।

प्रतिक्रिया