Pura Samachar

इंग्लिस प्रिमियर लिग: आज राति छैटौं चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदै

प्रकाशित: September 3, 2022
पूरा समाचार

इंग्लिस प्रिमियर लिग:  आज राति छैटौं चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति छैटौं चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन अन्तरगत समूह चरणको खेल सुरु हुनुअघि टोली घरेलु लिगमा व्यस्त हुनेछ ।

छैटौं चरणको खेलपछि च्याम्पियन्स लिगको समूह चरणको खेलहरु सुरु हुनेछन् । आज (शनिबार) लिभरपुल, चेल्सी, टोटेटहम, म्यानचेस्टर सिटी र वल्भ्सले आ–आफ्ना प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्नेछन् ।

मर्सिसाइड डर्बीमा लिभरपुलले एभर्टनको मैदानमा खेल्नेछ । ब्रेन्टफर्डले लिड्स, चेल्सीले वेस्ट ह्याम, न्यू क्यासलले क्रिस्टल प्यालेस, नटिङहमले बर्नमाउथ, टोटेनहमले फुलहम, वल्भ्सले साउथह्याम्टन र लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले भिल्ला पार्कमा एस्टन भिल्लासँग खेल्नेछ ।

एस्टन भिल्लालाई हराउन सके शीर्षस्थानमा रहेको आर्सनललाई पछि पार्दै सिटीलाई कम्तीमा एक दिन शीर्ष स्थानमा उक्लने मौका छ । लगातार पाँचौ जित निकालेको आर्सनलको १५ तथा सिटीको १३ अंक छ । लयमा रहेका नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड टोलीको मुख्य हतियार हुनेछन् । २२ वर्षीय हालान्डले प्रिमियर लिगको शुरुवाती ५ खेलमा दुई ह्याट्रिकसहित ९ गोल गरिसकेका छन् । एक गोलमा असिस्ट पनि छ ।

लगातार पाँच जित निकालेको आर्सनल १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । टोटेनहम ११ अंकसहित तेस्रो स्थानमा रहेको छ । ब्राइटनले १० अंक जोडेको छ । लिभरपुल, लिड्स र यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमको समान ८ अंक छ ।

आजको खेल

एभर्टनविरुद्ध लिभरपुल (साँझ ५ः१५ बजे)

ब्रेन्टफर्डविरुद्ध लिड्स (राति ७ः४५ बजे)

चेल्सीविरुद्ध वेस्ट ह्याम (राति ७ः४५ बजे)

न्यूक्यासलविरुद्ध क्रिस्टल प्यालेस (राति ७ः४५ बजे)

नटिङहमविरुद्ध बर्नमाउथ (राति ७ः४५ बजे)

टोटेनहमविरुद्ध फुलहम (राति ७ः४५ बजे)

वल्भ्सविरुद्ध साउथह्याम्टन (राति ७ः४५ बजे)

एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर सिटी (राति १०ः१५ बजे)

प्रतिक्रिया