Pura Samachar

एसिया कपकाे सुपर फाेरको पहिलो खेलमा श्रीलंका बिजयि

प्रकाशित: September 4, 2022
पूरा समाचार

एसिया कपकाे सुपर फाेरको पहिलो खेलमा श्रीलंका बिजयि

काठमाडौं । श्रीलंकाले एसिया कपको सुपर चारको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।

सारजाहमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

उसका कुशल मेन्डिसले ३६ तथा पाथुम निशंकाले ३५ रन बनाए । दनुश्का गुनाथिलाकाले ३३ तथा भानुका राजपाक्षेले ३१ रन बनाए । वानिन्दु हसरंगा डा सिल्भाले अविजित १६ रन तथा कप्तान दासुन शनकाले १० रन बनाए।

अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान २/२ तथा मोहम्मद नाबी र रशिद खानले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

अफगानिस्तानका लागि रमिउल्लाह गुर्बाजले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे ।

इब्राहिम जाड्रानले ४० तथा नजिबुल्लाह जाड्रानले १७ रन बनाए । हर्जतुल्लाह जाजईले १३ तथा रशिद खानले ९ रन बनाए ।

श्रीलंकाका लागि दिल्शन मधुशनकाले २ तथा असिथा फर्नान्डो,महेश थिक्सनाले समान १/१ विकेट लिए ।

यस जितसॅंगै श्रीलंका शीर्ष स्थानमा रहेको छ। आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया