Pura Samachar

रियल मड्रिडकाे लगातार चौंथो जित

प्रकाशित: September 4, 2022
पूरा समाचार

रियल मड्रिडकाे लगातार चौंथो जित

काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौंथो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २-१ गोल अन्तरले हराएको हो ।

रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे ।

बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १७ औं मिनेटमा सेर्जियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ ।

रियल शीर्ष स्थानमा रहेको छ ।

बेटिस ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया