Pura Samachar

फ्रेन्च लिग वान : पिएसजी विजयी

प्रकाशित: September 4, 2022
पूरा समाचार

फ्रेन्च लिग वान : पिएसजी विजयी

फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा पिएसजी विजयी भएको छ । ऊ घरेलु टोली नान्टेसविरुद्ध ३–० ले विजयी भएको हो ।

स्टेड डे–ला बेउजोइरेमा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई तथा नुनो मेण्डिसले एक गोल गरे । खेलको १८ औं मिनेटमा एम्बाप्पेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो ।

२४ औं मिनेटमा फाबियोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि नान्टेस १० खेलाडीमा सीमित भयो । ५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

६८ औं मिनेटमा मेण्डिसले गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो । जितसँगै ६ खेलमा १६ अंक जोडेको पिएसजी शीर्ष  स्थानमा रहँदा पराजित नान्टेस समान खेलबाट ६ अंकका साथ १० औं स्थानमा छ ।

प्रतिक्रिया