Pura Samachar

सुन–चाँदीको मूल्य बढयाे

प्रकाशित: September 5, 2022
पूरा समाचार

सुन–चाँदीको मूल्य बढयाे

सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला ११ सय १० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया