Pura Samachar

सुनचाँदीको मूल्य बढयो

प्रकाशित: September 6, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयो

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेर १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया