Pura Samachar

सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको रिट खारेज

प्रकाशित: September 6, 2022
पूरा समाचार

सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको रिट खारेज

सर्वोच्च अदालतले आफ्नो पार्टीले गाई चिन्ह पाउनुपर्ने माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको रिट खारेज गरेको छ।

थापाले दिएको रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

‘गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णयविरूद्ध कमल थापाले दिएको रिट खारेज भएको छ,’ उनले भने।

यसअघि आयोगले कमल थापाको पार्टीलाई गाई चुनाव चिन्ह नदिने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध थापा सर्वोच्च गएका थिए।

केहीदिन अघि निर्वाचन आयोगले राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ प्रदान गरेको छ।

स्थानीय निकायको निर्वाचन नजिकिएको अवस्थामा राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको हो।

प्रतिक्रिया