
डा. हरिमोहन पोखरेल कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज सङाई इथनिक पार्कको रचनात्मक रूपलाई लिएर संबंधित क्षेत्रका विधायक लगायत तकनीकि विशेषज्ञहरू संग एउटा बैठक गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले मणिपुरमा रहेका विभिन्न जातीय घरहरूको निर्माणको लागि पनि संबंधित टेक्निकल स्टाफहरू संग पनि बैठक गरेको कुरा जानकारीमा आएको छ ।
बैठक पछि उनले मीडियालाई बताए कि सङाई इथनिक पार्कमा मणिपुरका सबै टाइभेलस जनजातिजनजातिको कला र संस्कृतिको संरक्षण गरिने छ भने अन्य उपजातिहरू पनि समेटिनेछ ।
उनले अगाडि भने कि मणिपुरको इतिहासमा पहिलो पटक सङाई इथनिकको निर्माण गरिने छ ।जसको लागि अत्याधुनिक रूपमा बनाइनेछ जसले एउटा अलग्गै इतिहास बोकने छ ।
स्मरण रहोस् मणिपुरमा भाजपाको सरकारले धेरै काम गरि रहेको छ ।जो सर्वविदित छ ।
–
प्रतिक्रिया