
नाबालिग किशोरीलाई बला’त्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।एक नाबालिग किशोरीले बला’त्कारको किटानी जाहेरी दिएपछि सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । प्रहरीले बला’त्कार आरोपबारे अनुसन्धान गर्न सन्दीपलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।हाल सन्दीप मुलुक बाहिर छन् । उनलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्छ । क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउन अहिले उनी वेस्ट इन्डिज (जमैका) मा छन् ।सन्दीपले बला’त्कारमा आफ्नो संलग्नता अस्वीकार गर्दै नेपाल क्रिकेट संघ क्यानसँग कानूनी उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया