Pura Samachar

टाटासुमो जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

प्रकाशित: September 9, 2022
पूरा समाचार

टाटासुमो जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा टाटासुमो जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जितपुर–१६, पिलुवा घर भई हुलास जस्ता उद्योगमा सुरक्षा गार्डका रूपमा कार्यरत ४० वर्षीय दीपक मैनालीको मृत्यु भएको हो ।

हिजो बेलुका करिब पौने ९ बजे काठमाडौंबाट कलैया जाँदै गरेको ना१ज ८८०६ नम्बरको टाटासुमोले मैनालीलाई ठक्कर दिएको थियो ।

अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको र सुमो चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया