Pura Samachar

इम्फाल –कोहिमा रोडको उत्थानको लागि हरियो झण्डा

प्रकाशित: September 11, 2022
पूरा समाचार

इम्फाल –कोहिमा रोडको उत्थानको लागि हरियो झण्डा

डा. हरिमोहन पोखरेल

कोहिमा/अबेर गरी प्राप्त समाचार अनुसार मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले इम्फाल -कोहिमा अंतर्गत राष्ट्रिय राजमार्गको मर्मतको कार्यको लागि हिजो हरियो झण्डा उठाएर प्रस्थान गरेका छन।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार इम्फाल -कोहिमा फेज तीन र चारको लागी केन्द्रबाट प्रेषित कार्यको रहल खर्चबाट हुनेछ ।
यसै अवसरमा मुख्यमन्त्रीले थादौ हेरिटेज संग्रहालय र कुकी फुटबाल अकादमीको पनि उद्धाटन गरे ।
यस अवसरमा बोल्दै मुख्यमन्त्री भने कि मणिपुर सबैतिरबाट संपन्नताको शिखरमा पाइला सार्दै आएको छ ।
उनले अगाडि भने कि राज्यका विभिन्न कुकी समाजले पनि आज संग्रहालय र फुटबल अकादमीको स्थापनाले निकै माथिल्लो स्तरमा पुर्याएको कुरा जान्न सकिन्छ ।
उनले अगाडि थपे कि केन्द्रमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले पूर्वाञ्चललाई लिएर जुन ढाँचागत सुधार भएको छ ।जसले विकासको चरमसीमा छोएको छ ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो भने जिल्लास्तरीय विभिन्न समुदायको पनि सहभागिता थियो।

प्रतिक्रिया