
काठमाडौंं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (सोमबार) हुँदैछ ।
उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा हुने क्यापिटलले जनाएको छ ।
संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो ।
कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्कासन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
प्रतिक्रिया