Pura Samachar

मणिपुरमा पनि इसपेरो अनलाइनको आरंभ

प्रकाशित: September 13, 2022
पूरा समाचार

मणिपुरमा पनि इसपेरो अनलाइनको आरंभ

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यमा पनि सरकारी कर्मचारीहरूको उपस्थिति र उनीहरूको कार्यलाई निगरानीमा राख्नको लागि सरकारले आजबाट इसपेरो (SPARROW )नामको एउटा नया अनलाइन शुरू गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आज उद्धाटन समारोहसमारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि ज्येष्ठ कर्मचारीहरूले आफू भन्दा साना कर्मचारीहरूको कार्य पद्धति र उनीहरूको कार्यलाई रेख -देख गर्न ठूलो मदद पुर्याउने छ ।
उनले अगाडि थपे कि कतिपय सरकारी कर्मचारीहरू भने समयमा कार्यालयमा समयमा आई नपुग्ने तथा धेरै समयमा अनुपस्थित रहनेहरूको लागि एउटा निगरानीको काम गर्ने छ ।
उनले अगाडि थपे कि यसले सरकारको कामलाई सहज रुपमा एउटा नया रास्ता देखाउने छ ।
उनले अगाडि भने कि सबै कर्मचारीहरू समयमा आएर आफ्नो कर्तव्यलाई पूरा गर्ने छन भन्ने आशा गरेका छन।
स्मरण रहोस् मणिपुरमा धेरै पटक डाटा बेज रूपमा यस्तो खालको प्रयोग नगरेको होइन फेरि पनि यसपाली उठाएको सरकारको पहलले अवश्य पनि राहत पुर्याउने छ ।

प्रतिक्रिया