Pura Samachar

परराष्ट्रमन्त्री डा.नारायण खड्काबेलायतकाए महारानी लिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

प्रकाशित: September 14, 2022
पूरा समाचार

परराष्ट्रमन्त्री डा.नारायण खड्काबेलायतकाए महारानी लिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायतकाए महारानी लिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।

एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुने भएपछि अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । एलिजाबेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । एलिजाबेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।

प्रतिक्रिया