Pura Samachar

सुन–चाँदीको मूल्य घटयाे

प्रकाशित: September 16, 2022
पूरा समाचार

सुन–चाँदीको मूल्य घटयाे

शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजाररुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया