Pura Samachar

स्थानीय चुनावपछि दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिए

प्रकाशित: September 16, 2022
पूरा समाचार

स्थानीय चुनावपछि  दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिए

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन्।

आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ।चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्। यस्तै २२ हजार २ सय २६ वटा मतदान  केन्द्र कायम गरिएको उनले जानकारी दिए।

२०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। चुनावपछि झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन्।

प्रतिक्रिया