Pura Samachar

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने

प्रकाशित: September 17, 2022
पूरा समाचार

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने

काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । शुक्रबार जबरासँग समितिले पूरक प्रश्न सोधेको थियो । जबराले भने समितिमै आफूमाथिको महाभियोगको कुनै औचित्य नै नरहेको जवाफ दिएका थिए । प्रतिशोध साँध्ने हिसाबले आफूमाथि महाभियोग लगाईएको उनको दाबी थियो ।आज मध्यरातिबाट संसद्को कार्यकाल समाप्त हुँदैछ । संसद्को कार्यकाल समाप्त भएसँगै जबरामाथिको महाभियोग स्वतः निश्क्रिय हुने चर्चा चलिरहेको बेला जबरा भने असोज ३ गते सर्वोच्च अदालत फर्किने तयारी गरेका छन् ।उता, (एमाले) सांसद कृष्णभक्त पोखरेलले अहिलेको संसद्ले लगाएको महाभियोग प्रस्ताव अर्को संसद्मा नजाने स्पष्ट पारेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संसदले नभइ केही सांसदले ल्याएकाले अर्को संसद्मा नसर्ने उनको तर्क छ।

प्रतिक्रिया