Pura Samachar

नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूचीको टुङ्गो लगायाे

प्रकाशित: September 19, 2022
पूरा समाचार

नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूचीको टुङ्गो लगायाे

काठमाडौँ । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूचीको टुङ्गो लगाएको छ ।

आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुङ्ग्याएको हो ।

प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बन्दसूचीको नामावली  निर्वाचन आयोगमा बुझाइने छ ।

असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उनले बताए । प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउँदा नाममा हेरफेर गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया