
काठमाडौं। काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चलेको छ । यस घटनामा एक जना घाइते भएकाे काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जनाएका छन्। घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।
मैनालीका अनुसार गोली चलेपछि उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेकाे छ। घटनास्थलमा स्थानीयहरूको भीड बढेपिछ प्रहरी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार गोली चल्नुकाे कारण र घाइतेको पहिचान खुलेको छैन।
प्रतिक्रिया