Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार आज राति १२ बजेसम्म पारित गरिसक्नुपर्ने

प्रकाशित: September 20, 2022
पूरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार आज राति १२ बजेसम्म पारित गरिसक्नुपर्ने

  1. काठमाडौं – संघीय संसद्को दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । संवैधानिक व्यवस्थाअनुसार आज राति १२ बजेसम्म पारित गरिसक्नुपर्नेछ ।

तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट छिन् । उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएको स्रोतले बतायो ।

प्रतिक्रिया