Pura Samachar

सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: September 23, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयाे

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया