Pura Samachar

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अस्पतालमा भर्ना

प्रकाशित: September 24, 2022
पूरा समाचार

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अस्पतालमा भर्ना

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । पिसाबमा संक्रमण र डेंगु देखिएपछि जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना हुनुभएको छ ।

अस्पतालले उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ। अस्पतालका अनुसार केही दिनयता कमजोरी महसुस भएको, भोजन नरुच्नेजस्ता समस्या उनमा देखिएको शुक्रबार जोशीको निवासमा पुगेको अस्पतालको टोलीले पाएको थियो।

अस्पतालबाट गएको टोलीले उहाँलाई ल्याएर इमर्जेन्सीमा भर्ना गरेको हो। अस्पतालले उहाँलाई मेडिसिन, पल्मोनोलजी, युरोलजी, कार्डियोलजी, नेफ्रोलजीलगायत विभागका डाक्टरले संयुक्त परीक्षण गरेको जनाएको छ।

किस्ट अस्पतालले जोशीलाई छाति तथा मुटुको समस्या पुरानो समस्या रहेको‚ उहाँको पिसाबमा समस्या देखिएको र डेंगु पनि देखिएको जनाएको छ।

ललितपुरको किष्ट शिक्षण अस्पतालले जोशी र उहाँकी पत्नी राधादेवीको स्वास्थ्य उपचारको जिम्मेवारी बहन गर्दै आएको छ।

प्रतिक्रिया