मेष–यो साता सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृहरूको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृष–यो साता बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । जिम्मेवारीपूर्वक गरेको काममा समस्या आउन सक्छ, संयम रहनु होला । मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
मिथुन–यो साता पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । जग्गाजमिनको कारोबारमा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट–यो साता स्थान परिवर्तनका विशेष योग देखिन्छन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह–यो साता सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
कन्या– यो साता मिश्रित रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । मध्य सातामा मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
तुला–यो साता चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । प्रेम जीवन सबल र सफल रहनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक–यो साता राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
धनु–यो साता नयाँ काममा जुट्ने समय छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । रमाइलो यात्राको योग रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
मकर– साताको सुरुका दिनमा फजुल खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । साताको मध्यमा शुभ समाचार सुन्न पाइनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ– मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । सहयोगी हातहरू अघि बढ्नेछन् । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिन–बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कहीं कतैबाट धनलाभ हुने देखिन्छ । साताको मध्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।
प्रतिक्रिया