Pura Samachar

सुनको मूल्य बढयो

प्रकाशित: September 28, 2022
पूरा समाचार

सुनको मूल्य बढयो

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बुधबार ५ रुपैयाँले घटेर १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया